Please download the FONT HERE
 

परिचय

नेपालको मानचित्रमा ७५ जिल्लाहरु मध्ये ललितपुर जिल्लाले आप\mनो गौरवमय प्रतिष्ठालाई परिचित गराएको छ । नेपाल अधिराज्यको मध्यमान्चल विकास क्षेत्र अर्न्तर्गत काठमाण्डौैं उपत्यकाको तीन जिल्लाहरु मध्ये यस ललितपुर जिल्ला ऐतिहासिक पुरातात्विक रुपले सम्पन्न जिल्ला हो । धार्मिक रुपले पनि प्रसिद्ध कृष्ण मन्दिर, अशोक स्तम्भ, महावौद्ध, पाटन दरवार स्क्वायर क्षेत्र लगायत विभिन्न मठ मन्दिर, पाटी, पौवा र स्तम्भहरु पनि यस जिल्लामा रहेको हुनाले विश्वमानै ललितपुर जिल्ला प्रख्यात रहेको छ । यस जिल्लाको भौगोलिक बनावट, हावापानी, वन जंगलको विविधता, नदीनाला र ताल, विभिन्न जनजातिहरुको रहनसहन, भेषभुषा आदिको विविधता रही यस जिल्लाले आप\mनै ऐतिहासिक महत्व बोकेको छ ।

भौगोलिक स्थिति

नेपालको मानचित्रमा ललितपुर जिल्लाको फैलावट २७०.२२।-२८०५०। उत्तरी अक्षांश र ८५०१४।- ८५०२६। पर्ुर्वी देशान्तर सम्म रहेको छ । यस जिल्ला समुन्द्र सतहदेखि ४५७ मिटर उचाई देखि २८३१ मिटरसम्म रहेको छ । यस जिल्लाको भु धरातल मध्ये करिव एक तिहाई भाग उपत्यका भित्र र दर्ुइ तिहाई भाग पहाड तथा दर्ुगम क्षेत्रमा पर्दछ । यस जिल्लाका दर्ुगम स्थानहरुमा ठुलादर्ुलुङ्ग, कालेश्वर, प्युटार, आश्राङ, गिम्दी, चन्दनपुर आदि पर्दछन् ।

भौगोलिक सिमाना

ललितपुर जिल्लाको पर्ुवमा काभ्रेपलान्चोक, पश्चिममा काठमाण्डौै, उत्तरमा भक्तपुर र दक्षिणमा मकवानपुर जिल्लाहरुसंग सिमाना जोडिएको छ । यस जिल्लाको क्षेत्रफल ३९२.८४ वर्ग कि.मी. रहेको छ ।

जनसंख्या

यस जिल्ल्ााको जनसंख्या २०५८ सालको जनगणना अनुसार जम्मा ३३७७८५ मध्ये महिला १६५३३०-४८.९५%) र पुरुष १७२४५५ - ५१.०५% ) छन्् । विगत १० वर्षो अन्तरालमा जनसंख्या ८०६९९ जनाले वृद्धि भएको छ । यस जिल्लाको वाषिर्क जनसंख्या वृद्धिदर २.७३% रहेको ५ भने लैङ्गकि अनुपात १०४.३१ रहेको छ । यस जिल्लाको जनघनत्व ८५९.८५ व्यक्ति / वर्ग कि.मी. रहेको छ । यहांको घरधुरी संख्या ६८९२२ रहेको ५ भने औषत घर परिवार संख्या ४.९० रहेको छ । यहांको जनसंख्या नेपालको जनसंख्याको १.४६% रहेको छ । साथै यहांको शहरी जनसंख्या १६२९९१ छन्् भने ४१ वटा गा.वि.स.को जनसंख्या १७३६३६ र संस्थागत जनसंख्या ११५८ छन्् ।

यातायात

यस जिल्लाको पहाडी क्षेत्रमा वाहेक उपत्यकाको धेरैजसो सडक यातायातको सुविधा रहको देखिन्छ । जिल्लाको सदरमुकाम देखि लामाटार ९ कि.मी., चापागाउं ७ कि.मी. र गोदावरी ७ कि.मी. पक्की बाटोे, भट्टेडांडाको छपेली सम्म ३२ कि.मी., गोटिखेल माथि चन्दनपुर सम्म ५३ कि.मी. बुंगमती - टिकाभैरव ७ कि.मी. र लेले भन्ज्यांग - चिहानडांडा २ कि.मी. कच्ची बाटो निर्माण भएका छन्् । यस्ता बाटाहरुमा हिउंदमा मात्र सवारी साधन चल्नुका साथै वषर्ायाममा बाढी पहिरोको कारण यातायातमा अवरोध उत्पन्न भैरहेको छ । यस जिल्ल्ाामा १ उपमहानगरपालिका पनि रहेको कारणले गर्दा ११४ कि.मी. कालो पत्र सडक रहेको छ भने १२० कि.मी ग्राभेल सडक र करिव २३० कि.मी. कच्ची सडक गरी जम्मा ४६४ कि.मी. सडक रहेका छन्् । यस जिल्लामा पक्की पुल १०, अन्य झेा.पु. २५ रहेका छन्् । यस जिल्लामा १ उपमहानगपालिका रहेका र काठमाण्डौमहानगरपालिका सम्म जोडीएको कारणले गर्दा पनि सडक यातायातको राम्रो सुविधा विद्यमान रहेको छ भने हवाई यातायातको लागि यस जिल्लामा कुनै पनि विमानस्थल नभएता पनि छिमेकी जिल्ला काठमाण्डौंको त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थल सदरमुकामबाट नजीक रहेकोले हवाई यातायातको सुविधा पनि राम्रो रहेको छ ।

शैक्षिक गतिविधि

यस जिल्लाको शहरी क्षेत्रमा पर्याप्त मात्रामा शैक्षिक सुविधाहरु उपलव्ध छन्् र दर्ुगम भेगमा तुलनात्मक रुपमा कमी देखिन्छ । साक्षरत प्रतिशत ७०.८% रहेको यस जिल्लामा पुरुषतर्फ८०.८% र महिला तर्फ६०.३% साक्षरता रहेको देखिन्छ । उच्च शिक्षातर्फपनि यस जिल्ल्ाा अग्रपंक्ती रहेको छ । यस जिल्ल्ााको शैक्षिक गतिविधि यस प्रकार छ ।

-क) सरकारी विद्यालय संख्या
प्रा.वि. १३०
नि.मा.वि. २९
मा.वि. ५५

-ख) निजी तथा आवासीय विद्यालय संख्या
पर्ुव प्रा.वि. २९
प्रा.वि. ७०
नि.मा.वि. ४१
मा.वि. १००

यसैगरी उच्च शिक्षा तर्फसरकारी स्तरमा २ वटा र निजीस्तरमा ३ वटा थप गरी जम्मा ५ वटा क्याम्पस रहेका छन्् भने उच्च तर्फ०४९/०५० सम्म १०±२ को संख्या १० रहेकोमा ०५८।५९ सम्ममा आएर यो संख्या ४० पुगेको छ । प्रौढ शिक्षा तर्फयस जिल्ल्ाालाई १५० वटा कोटा प्राप्त भएकोमा जिल्ल्ाा शिक्षा कार्यालयको सक्रियतामा २४ वटा संचालित छन्् भने ९४ वटा चांही विभिन्न गैह सरकारी संस्थाको सक्रियतामा संचालित रहेका छन्् ।

स्वास्थ्य सेवा

यस ललितपुर जिल्लामा पाटन अस्पताल, मानसिक अस्पताल, कुष्ठरोग र आयर्ुर्वेदिक अस्पताल गरी ४ वटा अस्पताल रहेका छन्् जसमा २८२ वेडहरु रहेका छन्् । स्वास्थ्य सुविधा प्राप्त गर्ने जनसंख्या १,७५,००० रहेका छन््। यसका साथै यस जिल्लामा स्वास्थ्य सम्वन्धी विवरण निम्न रहेका छन्् ।

प्रा.स्वा. केन्द्र ३, हेल्थपोष्ट ९, उपस्वास्थ्य चौकी २९, आयर्ुर्वेद औषधालय २, युनानी औषधालय १, नर्सिङ्ग होम १४, गैह सरकारी क्लिनिक २, क्षयरोगर् इकाइ १ र निजी संस्था १५०

हुलाक सेवा

यस ललितपुर जिल्लामा १ जिल्ला हुलाक, र्९र् इलाका हुलाक कार्यालय र ३६ अतिरिक्त हुलाक गरी जम्मा ४६ वटा हुलाक कार्यालय संचालित छन्् तथा ३ वटा हुलाक कार्यालयमा बचत बैंक सेवा लागु भएको छ । वैदेशिक द्रुत सेवा जि. हु. का. ललितपुरबाट संचालित भईरहेको छ ।

विद्युत सेवा

क. विद्युत सेवा उपभोग गर्ने जनसंख्या - ४,१०,७००
ख. विद्युत प्रणालीको क्षेत्रफल - १०२४ वर्ग कि.मी.
ग. ग्राहक संख्या -
ग्राहस्थ - ८०,३१७
औद्योगिक - १,४२२
व्यापारिक - १४४
गैर व्यापारिक - ३६७
खानेपानी - ४६
सिंचाई - २
स्टि्रट लाईन - १० वटा क्षेत्र

ल.पु.उपमहानगरपालिकाको प्राय सबै क्षेत्रमा विद्युत सेवा उपलव्ध भएको छ भने विद्युत सेवा उपलव्ध भएका गा.वि.स. डुकुछाप, छम्पी, चापागाउं, वडिखेल, झरुवारासी, गोदावरी, गोदामचौर, विशंखुनारायण, लामाटार, लुभु, टिकाथली, सिद्धिपुर, इमाडोल , सैंवु, खोकना, सुनाकोठी, ठैव, हरिसिद्धि, बंुगमती, ठेचोे, लेले, धापाखेल, रहेका छन्् भने स्थानीय श्रोत परिचालन गरि भट्टेडांडां र गोटिखेल गा.वि.स. मा पनि विजुली वत्ति बालेको छ साथै नल्लु र भारदेव गा.वि.स. मा पनि विद्युतिकरण शुरु भएको छ । साथै चौघरे , गोटीखेल, शंखु, चन्दनपुर आदि क्षेत्रमा पोलिङ कार्य भैरहेको छ ।

दुरसंचार सेवा

दुरसंचार संस्थानको पाटन एक्सचेन्ज नै यस जिल्लामा अवस्थित भएको कारणले गर्दा यस जिल्लामा नेपाल अधिराज्य लगायत अन्तर्रर्ााट्रय टं्रकल सुविधा पनि उपलव्ध रहेको छ । आ.व. ०५८।५९ सम्म यस ललितपुर जिल्लामा करिव ३५४९० टेलिफोन लाईन रहेका छन्् भने हाल टेलिफोन लाईन विस्तार भैरहेको छ । ल.पु. उपमहानगरपालिका क्षेत्र लगायत अधिकांस गा.वि.स. हरुमा टेलिफोन सुविधा उपलव्ध भैरहेको छ र यो क्रम बढ्दो भई आउंदा वर्षा सवै गा.वि.स. हरुमा यो सेवा पुग्ने लक्ष्य रहेको छ ।

Please download the FONT HERE                     Please download the Full Version of the District Profile HERE
  Copyright 2004© District Development Committee, Lalitpur